एमाले निकट युवा संघका कार्यकर्ता र प्रहरीबीच झ’ड’प

एमाले निकट युवा संघका कार्यकर्ता र प्रहरीबीच झ’ड’प

काठमाडौं । नयाँ बानेश्वरमा नेकपा एमाले निकट युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झ’ड’प भएको छ ।

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र अफताब आलमको तस्वीरमा युवा संघका कार्यकर्ताले जुत्ताको माला लगाएदिएपछि त्यसलाई रोक्ने क्रममा झ’ड’प भएको हो ।युवा संघका कार्यकर्ताले गच्छदार र आलमलाई भ्रष्टाचारी भन्दै पुतला दहन समेत गरेका थिए

गुटबन्दी तल बाटनै छुटियो एमालेको माधव समूहले बनायो अखिल फोर्स

३१ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए ।अध्यक्ष केपी शर्मा ओली निकट युवाहरुले युथ फोर्स बनाएपछि त्यसलाई काउण्टर दिन अखिल फोर्स गठन गरिएको उनको भनाइ छ । ‘युथ फोर्सका नाममा हाम्रा नेताहरुलाई ध’म्क्या’उन थालिएको छ । त्यसका विरुद्ध हामीले अखिल फोर्स बनाएका हौं,’ पराजुलीले भने ।अखिल फोर्सले शैक्षिक क्षेत्रमा हुने बेथिति विरुद्ध लड्नुका साथै नेताहरुको सुरक्षामा खटिने उनले बताए । ‘कथित साइबर सेनाको नाममा हाम्रो नेताहरुको चरित्र ह’त्या गर्ने प्रयास भइरहेको छ । अखिल फोर्सले त्यस विरुद्ध पनि लड्छ,’ पराजुलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *