देउवाले, ओली सरकारले गरेका एकएक भ्रष्टाचारका फाइल खोल्दैँ ! यि यि नेताहरु जेल जान सक्छन

देउवाले, ओली सरकारले गरेका एकएक भ्रष्टाचारका फाइल खोल्दैँ ! यि यि नेताहरु जेल जान सक्छन

चारपटकको प्रधानमन्त्रीकालमा खासै सन्तोषजनक काम गर्न नसकेका देउवा पाँचौँपटक भने तातेका छन् । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका अनियमितताका फाइलहरु खोल्न कस्सिएका छन् । ओली सरकारले कोरोना महामारीमा गरेका भ्रष्टाचारहरुको फाइल खोलिने भएको हो ।

मंगलबार बसेको नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रीपरिषद् बैठकले कोरोना महामारीमा भएको सबै खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पदभार ग्रहणपछि मंगलबार बेलुकी राखेको पहिलो मन्त्रिपरिषद बैठकले ओली सरकारले कोरोना महामारीमा गरेका खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो।

कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।साथै महामारीको समयमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतले पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन सुरू गर्ने निर्णय पनि भएको कार्कीको भनाइ छ।

यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरूत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याइने भएको छ। कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।सल्लाहकारले सरकारको काम कारबाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने मन्त्री कार्कीको भनाइ छ ।

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकार लोकप्रिय बन्ने संकेत देखिएको छ । देउवा सरकारका अर्थमन्त्री जनार्दनले कार्यभार सम्हालेको पहिलो दिनमै त्यस्तो छनक ल्याएपछि उनको प्रशंसा सुरु भएको हो ।

लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरेका हुन् ।

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *