नेपाल भारत सिमानामा बन्दै गरेको प्रहरी सीमा सुरक्षा पोष्टमा भारतीय द्वारा आगजनी

नेपाल भारत सिमानामा बन्दै गरेको प्रहरी सीमा सुरक्षा पोष्टमा भारतीय द्वारा आगजनी

 

काठमाडौ । नेपाल भारत सिमानामा बन्दै गरेको प्रहरी सुरक्षा पोष्टमा आगलागी भएको छ । कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलामा निर्माण हुँदै गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) भवनमा आगलागी भएको हो । त्यहाँ भवन निर्माणका लागि कामदार पनि थिए ।

उनीहरु बाहिर भएको बेलामा अचानक भवन भित्रवाट ठूलो आवाज आएको आफुहरुले सुनेको कामदारहरुले बताएका छन् । निर्माणाधीन भवन हाल बिओपी रहेको स्थानबाट करिब एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै छ ।भारतीयहरु कोही नभएको मौका छोपी आगो लगाइदिएर भागेको आसन्का गरिएको छ

सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भइरहेको थियो ।भवन निर्माणको काम अन्तिम चरणमा पुगेका बेला अचानक आगलागी भएर लाखौंको क्षती समेत पुगेको छ । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको थियो । आगलागीको कारण भारतीयहरु कोही नभएको मौका छोपी आगो लगाइदिएर भागेको आसन्का गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *