देउवा प्रधानमन्त्री भएको भोलिपल्टै फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर

देउवा प्रधानमन्त्री भएको भोलिपल्टै फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

गच्छदारले यसअघि देउवालाई आफूमाथि अन्याय भएको भन्दै बालुवाटार प्रकरणबाट जोगाउन आग्रह गर्दै आएका थिए । देउवाले आफूले मिलाउने आश्वासन दिए पनि सत्तामा नरहेकाले गच्छदार अदालतको म्याद नबुझी बसिरहेका थिए ।

देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै गच्छदारले अदालतमा आ’त्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्ने भन्ने सम्बन्धमा आज थुनछेकको बहस हुनेछ ।आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए। अहिले उनको थुनछेक बयान चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *