बैदेशिक रोजगारमा जानेले खो’प लगाउन के के डकुमेन्ट चाहिन्छ ?

बैदेशिक रोजगारमा जानेले खो’प लगाउन के के डकुमेन्ट चाहिन्छ ?

काठमाडौं : सरकारले बैदेशिक रोजगारमा जाने युवालाई कोरोनाको खोप लगाउने भए संगै अर्को चर्चा चुलिएको छ । बैदेशिक रोजगारमा जाने युवा र बैदेशिक रोजगारबाट

छुट्टीमा आएका नेपाली कामदारहरुलाई सरकारले कुन आधारमा र के के डकुमेन्टको आधारमा खोप लगाउने अनुमती दिन्छ । यो नै अहिले धेरैको प्रश्न रहेको छ । मलेसिया, साउदी अरबिया, दुबै, कतार, ओमान , कोरिया, टर्की जस्ता

देशमा रोजगारिको लागि जाने नेपाली युवालाई रोजगार दाता देशले कोरोनाको भ्याक्सिन पहिलो सर्तको रुपमा राखे संगै रोजगारमा जाने युवालाई भ्याक्सिन दिनु पर्ने माग उठ्दै आएको थियो । खोप नपाएकै कारण बिदेशको रोजगारी गुम्ने खतरा

रहेको बेला सरकारले भेरोसेल खोप र जोनसोन एण्ड जोनसनको खोप दिने तयारी गरेको छ । भने बैदेशिक रोजगारमा जाने युवाहरु र बैदेशिक रोजगारबाट छुट्टिमा आएका तर बिदेश फर्कनु पर्ने युवाहरुको लागि भ्याक्सिन दिन थालिएको छ ।भ्याक्सिन लगाउनको लागि बैदेशिक रोजगारबाट छुट्टिमा आएकाको हकमा भिसा स्ट्याम्प लागेको पासपोर्ट चाहिने अनुमान गरिएको छ भने । बैदेशिक रोजगारमा जान लागेका युवाहरुको हकमा मेनपावर कम्पनीले तयार गरेको प्रक्रिया,

राहदानी लगायतका डकुमेन्ट चाहिने र त्यसलाई जिल्ला
प्रशासन कार्यालयले प्रमाणित गरेको अवस्थामा भ्याक्सिन दिने जानकारहरु बताउछन् ।.सरकारले बैदेशिक रोजगारमा जाने युवाहरुको लागि भ्याक्सिन दिन लागिए संगै बैदेशिक रोजगारमा जान नपाएर रोजगार गुमाउने डरमा रहेका युवाहरुमा खुसी याली छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *