देउवाले सपथ ग्रहण नलिने अडान लिएका बेला यता ओलीले देउवासंग लिए बदला

देउवाले सपथ ग्रहण नलिने अडान लिएका बेला यता ओलीले देउवासंग लिए बदला

नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले सपथ ग्रहण गराउँदा निवर्तमान र पूर्व प्रधानमन्त्रीहरु समेत उक्त समारोहमा जाने चलन छ । उक् समारोहमा अन्य बिशिष्ठ पदाधिकारीहरु पनि उपस्थित हुने गर्छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणमा भने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

उनी त्यहाँ नजानुको कारण पनि गजवको रहेको छ । आफू तेश्रो पटक प्रधानमन्त्री बनेर सपथ लिँदा अन्य पूर्व प्रधानमन्त्रीहरु नआएको भन्दै ओलीले अहिले आफू नजाने बताएका हुन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएपछि सितल निवास पनि अचम्ममा परेको बताइएको छ ।

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् । अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएमा ओलीले चित्त दुखाएका थिए । त्यसको रिस अझै बोकेर बसेका ओली अहिले अनुपस्थित भएर बदला लिएका हुन् ।

संविधानको धारा ३ बमोजिम ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराई अनुपस्थित थिए । देउवाको सपथ समारोहमा जसपा अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित छैनन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् । देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *