भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका देउवालालाई राष्ट्रपति भण्डारीले यस्तो पत्र पठाएपछि …..

भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका देउवालालाई राष्ट्रपति भण्डारीले यस्तो पत्र पठाएपछि …..

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्। भर्खरै राष्ट्रपति कार्यालय शीतल निवासले विज्ञप्ति निकाल्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसला अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो। अहिले साँझ देउवाको शपथग्रहण हुने बताइएको छ।

तर विज्ञप्तिमा संविधानको कुनै धारा उल्लेख छैन । नवनियुक्त प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा ‘सर्वोच्च अदालतको फैसला बमोजिम उनलाई नियुक्त गरिएको’ मात्रै उल्लेख छ ।

“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८र३र२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै कांग्रेस सभापति समेत रहेका देउवा पाचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले ‘काबिल’ प्रधानमन्त्रीको रूपमा लिँदैनन्। यद्यपि देउवाका प्रशंसकहरू उनलाई ‘पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल’ व्यक्तिका रूपमा चित्रण गर्छन्। कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा ‘कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता’ देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *