विनोद चौधरी पनि मन्त्रि बन्दै, यो मन्त्रालय लबिङमा

विनोद चौधरी पनि मन्त्रि बन्दै, यो मन्त्रालय लबिङमा

काठमाडौ । सोमवार सर्वोच्च अदालतले आफुलाई प्रधानमन्त्री नियुक्त गर्न फैसला सुनाए लगत्तै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सरकार बनाउन छलफलमा जुटेका छन् । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउने सम्भावना देखिएको छ । जसपा पनि सरकारमा सहभागी हुने की नहुने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको छ ।

जसपाको राजेन्द्र महतो पक्षले एमालेको सरकारलाई साथ दिएको थियो । उपेन्द्र यादव पक्ष विपक्षमा बसेको थियो । उपेन्द्र पक्ष अहिले बैठकमा जुटेको छ । काँग्रेस सभापति देउवा तत्काल सानो मन्त्रीमण्डल बनाउने पक्षमा छन् । त्यसका लागि महाधिवेशनमा आफुलाई सहयोग पुग्ने नेतालाई अवसर दिने योजनामा उनी रहेको देखिन्छ ।

सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको छ । देउवा आफू पक्षीय नेताहरुसंग छलफलमा छन् भने पार्टी भित्रै संघर्षमा रहेका नेताहरु पनि लविङ गर्दै छन् । देउवा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् ।

अहिले सबैभन्दा धेरैको आँखा परेको अर्थ मन्त्रालय हो । पार्टी भित्रै गुट चलाइरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आफ्ना पक्षका कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । उनीहरुको पक्षवाट नेता गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने सम्भावना छ ।

यस्तै अर्थमन्त्रीमा नेता नारायण खड्का, ज्ञानेन्द्र कार्की, उद्योगपति विनोद चौधरी लगायतले लबिङ गरेका छन् । नेता रामशरण महत र मिनेन्दै रिजाल पनि अर्थमन्त्री आफ्नो पक्षमा पार्न लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *