रुपा सुनारलाई अर्को झट्का: लाग्यो यस्तो गम्भीर आरोप, प्रहरीले भेट्यो कि समात्ने !

रुपा सुनारलाई अर्को झट्का: लाग्यो यस्तो गम्भीर आरोप, प्रहरीले भेट्यो कि समात्ने !

जातीय विभेदको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानले तनहुँकी रूपा सुनारविरूद्ध प्रहरी कार्यालयमा जाहेरी दिएकी छन्। उजुरीपछि सुनारको खोजतलासमा प्रहरी अगाडी बढेको छ । भेटिने बित्तिकै उनलाई पक्राउ गरेर अनुसन्धान थालिने बुझिएको छ ।

प्रधानले रूपाविरूद्ध आइतबार दिउँसो महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

आफ्नो बेइज्जति गरेको, अफवाह फैलाएको लगायतमा प्रधानले जाहेरी दिएकी छन्,ु उनले भने।आफूविरूद्ध बेइज्जती गरेको, झुठ्ठो अफवाह फैलाएको, वैयक्तिक गोपनियता भंग गरेको र प्रतिलिपी अधिकार उल्लंघन गरेको भन्दै प्रधानले रूपाविरूद्ध जाहेरी दिएकी हुन्।

कोठा माग्न जाँदा थरकै कारण नदिएको भन्दै रूपाले प्रधानविरूद्ध असार १ गते जातीय भेदभावको कसुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रधानलाई प्रहरीले पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले अनुसन्धान सकाएर काठमाडौंको सरकारी वकिल कार्यालय बुझाएको थियो। कार्यालयले त्यस प्रतिवेदनमाथि थप अनुसन्धान गर्नू भन्ने आदेश दिएपछि सरस्वती प्रधान उनका श्रीमान् मुकुन्दको रोहवरमा छुटेकी थिइन्।

घरबेटी प्रधानले आफूले रूपामाथि कुनै विभेद नगरेको बताउँदै आएकी छन्।यसअघि पनि उनले मानव अधिकार आयोगमा रूपाविरूद्ध उजुरी दिएकी थिइन्।
निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिई आफ्नो स्वतन्त्रता हनन् गरेकाले कारबाही गरिनु पर्ने माग राखेकी थिइन्।रूपाले पनि आफूविरूद्ध प्रहरी कार्यालयमा जाहेरी परेकोबारे जानकारी पाइसकेको बताइन्।

मविरूद्ध जाहेरी परेको सामाजिक सञ्जालमार्फत् थाहा पाएँ। प्रहरी कार्यालयबाट खबर आइसकेको छैन,ु उनले भनिन्, ुभोलि केही खबर होला। घटनाबारे मैले जाहेरी दिएपछि नसोचेको कुराहरू भइरहेका छन्। ठिकै छ प्रहरीले मलाई समाएर लैजान्छ भने पनि के फरक पर्छ र अन्याय भएर त्यसविरूद्ध लड्छु भनेर हिँडेकी मान्छे हुँ।न्यायको लागि जेल बस्न पर्छ भने पनि तयार त हुनपर्‍यो। यो विषय सामान्य जस्तो देखिएपनि सोचेको भन्दा धेरै विभेदकारी मानसिकता बाहिर ल्यायो। सजिलो छैन भन्ने थाहा पाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *