एमाले कार्यकर्ता लिएर महाधिवेशनको लागि झापाबाट चितवन हिँडेको गाडीमा ढुङ्गा प्र’हार

एमाले कार्यकर्ता लिएर महाधिवेशनको लागि झापाबाट चितवन हिँडेको गाडीमा ढुङ्गा प्र’हार

नेकपा एमालेको १० औँ महाधिवेशनको लागि झापाबाट चितवन हिँडेको सवारीसाधनमा ढुङ्गा प्र’हार भएको छ । झापाबाट महाधिवेशन प्रतिनिधि लगायतका अन्य कार्यकर्ताहरूलाई लिएर चितवनतर्फ हिँडेको सवारीसाधनलाई मोरङको विराट चोक नजिकै ढुङ्गा प्र’हार भएको हो ।

ढुङ्गा प्र’हारबाट सवारीसाधनको सिसामा क्षति पुगेको छ । ढुङ्गा प्र’हार गर्नेहरूको खोजी भइरहेको भएता पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । ढुङ्गा प्र’हारपछि एक छिन सडक अवरुद्ध भएको थियो ।केही समयपछि उक्त सवारी साधन चितवनतर्फ लागेको झापाबाट महाधिवेशनको लागि चितवन आउँदै गरेका पत्रकार राजकुमार ‌‌ओलीले बताए ।

नेकपा एमालेको १०‍औँ राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ बाट ४ सय ५० बस सौराहातर्फ हिँडेका छन् । जसमा झापाबाट मात्रै ४९ बस हिँडेको पत्रकार ‌ओलीले बताए ।प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ ।

महाधिवेशनमा सहभागी हुने नेता कार्यकर्ता ओसार्न थप दुई सय बढी निजी गाडी पनि प्रयोग गरिएको छ । प्रदेश १ का तराईका तीन जिल्लाबाट सबै भन्दा बढी गाडी प्रयोग भएका छन् । झापा, मोरङ सुनसरीबाट तीन सय बढी सार्वजनिक गाडी कार्यकर्ता ओसार्न प्रयोग गरिएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको छ ।

एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेका अनुसार प्रदेश भरबाट महाधिवेशनका लागि २५ हजार सहभागी हुदैछन् ।महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्ता जिल्ला-जिल्लाबाट हिँडिसकेको प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए ।गाडीको व्यवस्थापन भने जिल्ला तथा पालिका स्तरले आफै गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा मोरङबाट सबै भन्दा धेरै ५७, झापाबाट ४९, सुनसरीबाट ४२, धनकुटाबाट १६, ओखलढुगांबाट १२, इलामबाट २१, भोजपुर र तेह्रथुमबाट ९/९, खोटाङबाट १४, संखुवासभाबाट १३, उदयपुरबाट १६, सोलुबाट ७, पाँचथरबाट ८ ताप्लेजुङबाट १३ र प्रदेश १ मजदुर कोटाबाट ७ गरी कूल २ सय ९८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *