भूपेन्द्र ह’त्यामा अर्को ‘ट्विस्ट’- सिद्धार्थ होटेलमा दुई पेस्तोल फेला, बर्दियामा मोटरसाइकल

भूपेन्द्र ह’त्यामा अर्को ‘ट्विस्ट’- सिद्धार्थ होटेलमा दुई पेस्तोल फेला, बर्दियामा मोटरसाइकल

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल ह’त्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको ह’त्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट ब’रा’म’द गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घ’ट’नामा प्रयोग भएका दुई मोटरसाइकल बरा’मद गरेको हो । घ’ट’नामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फे’ला पर्न बाँकी छ ।प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि प’क्रा’उ गरेको छ ।

अतिशले घ’ट’नामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए ।यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल ब’रा’मद गरेको छ। बरामद भएको पेस्तोल घ’ट’नामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ। तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले ह’त्या गरेको थियो।

नवीनको समूहले विभिन्न घ’ट’नामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरा’मद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन्। पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो। घ’ट’नाबारे प्रहरी अनुसन्धानमा जुटेको छ।

भूपेन्द्र ह’त्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ। होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको ह’त्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन्।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुन्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। ह’त्यामा संलग्न आ’रो’पमा १६ जनाविरुद्ध किटानी जाहेरी छ । प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रमाथि आर्यन देवकोटाले च’क्कु प्र’हा’र गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रबाट आफूहरूको सूचना चुहिने डरले नवीनको समूहले उनको ह’त्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ। काठमाडौंमा बस्दै आएका बडुवाल दसैँ मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा रहेकै बेला उनको ह’त्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *