फेरी आयो दु:खद खबर केही महिना अघि हराएकी सुजिताको श’व फेला

फेरी आयो दु:खद खबर केही महिना अघि हराएकी सुजिताको श’व फेला

काठमाडौ । महोत्तरीकी सुजिताको पनि शव फेला परेको छ । उनी पनि केही समय देखि हराएकी थिइन् । महोत्तरी लोहरपट्टी नगरपालिका(७ भमरपुराकी सुजिता ठाकुर केही महिना अघि नै हराएकी थिइन् । उनको ज्यान लिएको अभियोगमा श्रीमान सहित परिवारका केही ब्यक्ति पक्राउ परेका छन् ।

उनको जेठ २० गते नै ज्यान लिइएको अनुसन्धानवाट खुलेको भएपनि शव फेला परेको थिएन । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । सडि सकेको अवस्थामा शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएको जेठ १३ गते खेतमा गहिरो खाल्डो भित्र कपाल, नुन, तन्ना र डोरी फेला पारेको थियो । शव फेला नपरेपछि खोजी गरिएको थियो । सोमवार फेला परेको शव सुजिताको माइतीपक्षले पहिचान गरेका छन् । अहिले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *