महाधिवेशनको रौनक बढिरहेकै बेला एमालेमा सन्नाटा, ठूलै नेताले गरे पार्टीबाटै राजीनामाको घोषणा

महाधिवेशनको रौनक बढिरहेकै बेला एमालेमा सन्नाटा, ठूलै नेताले गरे पार्टीबाटै राजीनामाको घोषणा

 

१० औँ महाधिवेशनको रौनक छाइरहेका बेला नेकपा एमालेमाथि ठूलो बज्रपात भएको छ । यही बेला ठूलै नेताले पार्टी छाडेका हुन् । नेकपा (एमाले) का नेता तथा पूर्वकृषि राज्यमन्त्री ओमप्रकाश यादव ९गुल्जारी०ले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।

शनिबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ शिवपुर ९मर्चवार०मा पत्रकार सम्मेलन गरी यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाए। उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन्।उनले जिल्लामा काम गर्न आफूलाई जिल्ला अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप पनि लगाए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *