केपी ओलीको प्रतिमासहित युवासंघले गर्‍यो काठमाडौंमा मोटरसाइकल र्‍याली !

केपी ओलीको प्रतिमासहित युवासंघले गर्‍यो काठमाडौंमा मोटरसाइकल र्‍याली !

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष केपी शर्मा ओलीको प्रतिमासहित युवासंघको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।ललितपुरको बालकुमारीबाट सुरु भएको र्‍याली लगनखेल—जाउलाखेल—माइतीघर—बिजुली बजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म पुगेको थियो ।

र्‍यालीपछि क्वालिटी ब्याङ्क्वेटमा विशेष सभाको आयोजना गरिएको छ । आयोजित कार्यक्रममा समारोहलाई नेता महेश बस्नेतलले सम्बोधन गरेका छन् ।१० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यमा तयारी प्रचार प्रसारलाई तीब्रता दिइएको छ ।काठमाडौंमा मात्र नभएर देशभर महाधिवेशनको प्रचार प्रसार भइरहेको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *