प्रचण्डले रामदेवलाई ‘क्रान्तिकारी’ भन्दै निःशुल्क जग्गा दिने घोषणापछि बाबुराम भट्टराईले दिए मुखभरीको जवाफ

प्रचण्डले रामदेवलाई ‘क्रान्तिकारी’ भन्दै निःशुल्क जग्गा दिने घोषणापछि बाबुराम भट्टराईले दिए मुखभरीको जवाफ

भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि आयुर्वेदलाई टेलिभिजन सञ्चालन गर्न ‘निःशुल्क जग्गा दिएको’ भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

भारतको लगानीमा आस्था नेपाल र पतञ्जली नेपाल नामका दुई टेलिभिजन च्यानल काठमाडौंमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। कार्यक्रमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए। सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले रामदेवलाई ‘क्रान्तिकारी’को संज्ञा दिएका थिए।

आचार्य बालकृष्ण र रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जलि आयुर्वेदले नेपालमा टीभी ल्याएको हो। आचार्य बालकृष्ण पतञ्जलीका अध्यक्ष हुन्।

मण्डिखाटारस्थित पतञ्जलि नेपालको आश्रममा नै यी दुई टीभीका कार्यालय स्थापना गरिएका छन्। यी दुई टीभीमा कति लगानी छ भन्ने स्पष्ट खुलेको छैन। यसै विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले तीव्र असन्तुष्टि जनाएका हुन्।

‘ठूलो लगानी हुनसक्ने देशहरूसंग द्विपक्षीय लगानी प्रवर्धन/संरक्षण सम्झौता (बीआईपीपीए) गर्दा दस हात उफ्रेर राष्ट्रघाती भन्ने तर आफूअनुकूलका व्यापारीलाई क्रान्तिकारी घोषित गर्दै सित्तैमा जग्गा दान गर्ने’, डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्, ‘यो कस्तो राष्ट्रवादी विकास नीति हो? नेताहरूले यस्तै हावादारी कुरा गरेर जनता ठगिरहने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *