एमालेको महाधिवेशनमा सहभागी हुन देउवा एक्साइटेड

एमालेको महाधिवेशनमा सहभागी हुन देउवा एक्साइटेड

नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भएका छन्।
मंसिर १० देखी १२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको खुल्ला सत्रमा महाधिवेशनको सफलताका लागी शुभकामना दिन देउवा चितवन जाने फाइनल भएको छ । देउवालाई कार्यक्रममा सहभागी हुन एमालेले विशेष निमन्त्रणा दिइसकेको छ ।

निमन्त्रणा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ र राजन भट्टराईलाई देउवाले निकै सकारात्मक जवाफ दिएका थिए । एमाले महाधिवेशनमा सहभागी हुन देउवा निकै एक्साइटेड देखिएको भेटमा सहभागी एक नेताले ओटीभी नेपाल डककमलाई जानकारी दिए ।

देउवाले निकै खुशि भएर म आइहाल्छु नि तपाइहरुको महाधिवेशनमा म नआउँने त कुरै छैननी भनेका थिए । एमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड ,लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतलाई पनि निमन्त्रणा दिइसकेको छ ।

प्रधानमन्त्री देउवा एमाले महाधिवेशनमा सहभागी हुने फाइनल भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड भने जाने की नजाने टुंगो भएको छैन । एमाले नेताहरु निमन्त्रणापत्र बोकेर जाँदा भने प्रचण्ड निकै खुशि देखिएका थिए ।

एमालेले आफ्नो महाधिवेशनमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई भने सहभागी हुन निमन्त्रणा नगर्ने सार्वजनिक रुपमै बताइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *