प्रधानमन्त्रीद्वारा उद्घाटन भएका पतञ्जलीका दुवै टीभी गैरकानुनी ?

प्रधानमन्त्रीद्वारा उद्घाटन भएका पतञ्जलीका दुवै टीभी गैरकानुनी ?

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई टीभी च्यानलले नेपाल सरकारबाट प्रसारणका लागि इजाजतपत्र नै नपाएको खुलेको छ।

नेपालमा टेलिभिजन प्रसारणका लागि सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले इजाजत दिने गर्छ। विभाग स्रोतका अनुसार पतञ्जलीले टीभी च्यानल प्रसारणका लागि इजाजतपत्र लिएको छैन।

विभागका एक उच्च अधिकारीले यी दुई टीभी च्यानलले प्रसारणका लागि स्वीकृति नपाएको बताए।

‘पतञ्जलीले टीभी च्यानल सञ्चालनका लागि अनुमति मागेर आवेदन पनि दिएको छैन। यसरी इजाजत नलिई टेलिभिजन सञ्चालन गर्नु गैह्रकानुनी हो,’ विभागका ती अधिकारीले भने। ​

तर, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह यी दुई टीभी च्यानलले सरकारबाट अनुमति सञ्चालन पाइसकेको दाबी गर्छन्।

‘पतञ्जली नेपाल र आस्था नेपाल दुवै टीभी स्याटलाइट प्रविधिका हुन्। हामीले प्रसारणका लागि सरकारबाट स्वीकृति पनि पाइसकेका छौँ,’ सिंहले नेपालखबरसँग भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *