माधव नेपाल प्रयोग गरेर ओलीसँग खेले जस्तै रामचन्द्र पौडल प्रयोग गरेर देउवासँग खेल्न थाले प्रचण्ड !

माधव नेपाल प्रयोग गरेर ओलीसँग खेले जस्तै रामचन्द्र पौडल प्रयोग गरेर देउवासँग खेल्न थाले प्रचण्ड !

नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको सम्बन्ध फेरी विग्रिएको छ प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेर देउवा माथी खेल्न खोजे पछि देउवा फायर भएको बताइन्छ । पछिल्लो समय भन्नै भा छैन कसलाई थाहा छैन पारामै देउवा प्रचण्ड सम्बन्धमा चिसो पन आएको बताइन्छ ।

चोलेन्द्र प्रकरण देखीनै देउवा प्रचण्ड सँग झस्किएको स्रोतको दावी छ । वालुवाटार निकट उच्च स्रोतले ओटीभी नेपाल डटकमलाई दिएको विशेष सुचना अनुसार प्रधानन्यायाधिश चोलेन्द्र शमशेरका जेठान गजेन्द्र हमाललाई प्रचण्डको समेत विशेष जोडबलमा मन्त्री बनाइएको थियो । पछि यसैलाई निहुँ बनाएर चोलेन्द्रलाई हटाउँन प्रचण्डले डबल रोल खेले पछि देउवा झस्किएका थिए ।

देउवा प्रचण्ड सँग रिसाउँनुको अर्को कारण हो सरकार संचालन सम्बन्धी समन्वय संयन्त्र । संविधानलेनै नचिन्ने सुपर सरकार चलाउँन प्रचण्डले पहिले देखिनै भन्दै आएका थिए तर देउवाले टार्दै आएका थिए । सुरुमा प्रचण्डको प्रस्ताव उच्च स्तरिय सरकार संचालन संयन्त्र बनाउँने र त्यसको संयोजक आफु बनेर देउवालाई चलाउँने भन्ने थियो त्यो अवस्था नदेखे पछि अहिले उनले रामचन्द्र पौडललाई अघि सारेका छन् ।

पौडललाई प्रचण्डकै जोडबलमा सरकार संचालन समन्वय समितको संयोजक बनाए पछि देउवा फायर भएको स्रोतको दावी छ । देउवाको चाहना विपरित प्रचण्ड र माधव नेपालले यस्तो प्रस्ताव गरे पछि देउवाले हुन्न भन्न नसकेर मात्रै संयन्त्र बनाएको बताइएको छ ।

देउवाले यस्तो संयन्त्र केहि समयका लागी मात्रै हो भनेर सार्वजनिक रुपमा बोलीसकेका छन् । नेपाली काग्रेसको रामचन्द्र पौडल समूहले आगामी निर्वाचनमा काग्रेसले रुखमै भोट हाल्न पाउँनु पर्छ क्याम्पेनिङ गर्न थाले पछि प्रचण्डले पौडलको मुख बन्द गराउँन संयन्त्रको संयोजक बनाउँन जोड गरेको स्रोत बताउँछ ।

देउवा प्रचण्ड सम्बन्ध चिसिनुको अर्को सिरियस कारण भनेको सर्वोच्चको अहिलेको लफडानै हो । प्रचण्ड कुनै पनि हालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधानन्यायाधिश बाट हटाउँनै चाहन्छन् तर देउवा त्यो कुरा कुनै पनि हालतमा मान्न तयार छैनन् यसमा पनि प्रचण्डले रामचन्द्र पौडललाई प्रयोग गरेको स्रोतको दावी छ ।

चोलेन्द्र हटे भने प्रधानन्यायाधिशको लाइनमा रहेका वरिष्ठतम न्यायाधिश दीपक कार्की रामचन्द्र पौडल निकट व्यक्ति हुन् । सोही कुरालाई बुझेर देउवा चोलेन्द्रलाई हटाउँन तयार छैनन् भने प्रचण्ड रामचन्द्रलाई उकासेर देउवालाई चेपुवामा पार्ने पार्ने दाउमा रहेका छन् ।

रामचन्द्र पौडल मार्फत नेपाली काग्रेस भित्र दवाव बढाउँने र राजिनामा नदिए महाअभियोग लगाएर भए पनि चोलेन्द्रलाई सर्वाच्च अदालत बाट हात धुन लगाउँने गरि प्रचण्डले रोडम्याप बनाए पछि देउवा जत्तिको चतुर खेलाडीले नबुझ्ने कुरै भएन । यहि कारण देउवा प्रचण्ड सम्बन्ध पौष १५को मौसम भन्दा चिसो भैसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *