अष्टलक्ष्मी शाक्य माधब नेपालको पार्टी प्रवेशसम्मको तयारीमा, एकाएक के आइलाग्यो त्यस्तो ?

अष्टलक्ष्मी शाक्य माधब नेपालको पार्टी प्रवेशसम्मको तयारीमा, एकाएक के आइलाग्यो त्यस्तो ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ ।महाधिवेशनको सम्पूर्ण तयारी भैसकेको छ । नेताहरु अहिले चितवन आउने जाने क्रम बढेको छ । पार्टी जीवनमा एमालेले पहिलोपटक विधान महाधिवेशन ललितपुरमा भव्य रुपमा सम्पन्न गरेर सर्वसम्मत् रुपमा विधान पारित गरेर नेतृत्व पनि सर्वसम्मत् नै चयन गर्ने सन्देश दिईसकेको छ ।

तर, माधव नेपाल समूह छोडेर १० बुँदे सहमति कार्यान्वनय भन्दै एमालेमा बसेका नेताहरुले आफ्नो राजनीतिक भविष्य सुनिश्चितताको लागि अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तालाई तिव्रता दिएका छन् ।

नेतृत्वको लागि उपाध्यक्ष भीम बहादुर रावलले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गर्ने तयारी थालेका छन्। उनले महाधिवेशन प्रतिनिधि छनौटको विषयमा पनि प्रश्न उठाएका छन् ।रावलले अध्यक्षमा उठ्ने निधो गर्नुअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता फलदायी नभएपछि रावल नेतृत्वमा उठ्नेगरि आन्तरिक तयारीमा जुटेका छन् ।

हिजोमात्रै पनि दश भाईमध्येका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । उनीहरुले पदाधिकारीमा सहमति नगरे आफूहरु १० जनाले प्यानल बनाएर चुनाव लड्ने जानकारी दिएको उच्च स्रोतको दाबी छ । ओलिले सहमति नगरे पार्टी नै छाडेर शाक्य माधव कुमार नेतृत्वको नेकपा एस मा जान पछि नपर्ने श्रोत को दाबी छ ।

सुरुमा ओली उनीहरुको प्रस्तावमा खासै सकारात्मक सुनिएका थिएनन् । तर, उनीहरुले प्यालन नै बनाएर जानेजस्तो कुरा गर्न थालेपछि भने ओली केही लचक बनेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *