एमसीसीबारे अमेरिकालाई ओलीले दिए यस्तो जवाफ, देउवा र प्रचण्डको पोल खोलेपछि थर्किए विदेशमन्त्री !

एमसीसीबारे अमेरिकालाई ओलीले दिए यस्तो जवाफ, देउवा र प्रचण्डको पोल खोलेपछि थर्किए विदेशमन्त्री !

काठमाडौं – भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र मुख्य प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज शिष्टाचार भेटघाट भएको छ । भेटमा अमेरिकी सहायकमन्त्री लूले पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई अमेरिकी अनुदान सम्झौता एमसीसीलाई लिए पार्टीगत धारणा सोधेका थिए ।

जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले एमसीसीबारे स्पष्ट पोजिसन नरहेको र सरकारले पनि यसबारे आफूहरुसँग कुनै परामर्श नगरेको बताएका थिए । फतिमा सुमारजी आउँदा पनि सरकारले एमसीसीबारे हामीसँग कुनै परामर्श गरेको थिएन र अहिले तपाईं आउँदा पनि गरेको छैन’ ओलीको भनाइ उध्दृत गर्दै भेटमा सहभागी एमाले नेता राजन भट्टराईले नेपाल प्रेसलाई भने ।

नेपालमा क्लिन इनर्जीको सम्भावना रहेको चर्चा गर्दै अमेरिकी सहायकमन्त्री लूले जलवायु संकटविरुद्ध अमेरिकाले मिलेर नेपालसँग लड्न चाहेको बताएका थिए । कोभिड–१९ महामारी र स्वास्थ्य क्षेत्रको विकासमा पनि अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।

अमेरिकाले कोभिड-१९ महमारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता लूले व्यक्त गरेका थिए । खोपसहितका स्वास्थ्य सहायताप्रति अमेरिकी सहयोगप्रति ओलीले आभार व्यक्त गरेका थिए । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओली र लूबीच भेटवार्ता भएको थियो ।सहायकमन्त्री लूले सरकारी अधिकारीहरुलाई पनि सिंहदरबारमा भेटवार्ता गरिरहेका छन् ।

एमसीसी सम्झौताका बारेमा के भने देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केल्ली किडरलिङको टोलीबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल–अमेरिका सम्बन्ध सन्तोषजनक रहेको उल्लेख गरेका थिए ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता कार्यान्वयनमा ढिला भइरहेका बेला नेपाल–अमेरिका सम्बन्धमा यस्तो धारणा आएको हो । सहायक विदेश मन्त्री लु र उपसहायक विदेशमन्त्री किडरलिङ अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लिएर प्रधानमन्त्री देउवालाई भेट्न बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

त्यहाँ प्रधानमन्त्री देउवा मुख्य–सचिव शंकरदास वैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल र प्रशासनिक सल्लाहकार पूर्वसचिव जनार्दन नेपालसहित उपस्थित थिए । झन्डै एक घण्टा लामो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोभिड–१९ महामारीका बेला नेपाललाई भएको सहयोग, कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानबारे छलफल भएको थियो । नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *