शङ्कर पोखरेलले दिए सुरेन्द्र पाण्डेलाई नमिठो धक्का !

शङ्कर पोखरेलले दिए सुरेन्द्र पाण्डेलाई नमिठो धक्का !

नेकपा एमालेको १० औँ महाअधिबेशन नजिकिए सँगै पदाधिकारि चयन समेत भएको छ । अध्यक्षमा ओलि मात्रै देखिए पनि अन्य पदमा धेरै आकांक्षि देखिएका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले दशौं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

बाँकेको नेपालगञ्जमा बुधबार लुम्बिनी प्रदेशस्तरीय नेताहरूसँग छलफल गर्दै पोखरेलले महाधिवेशन नजिकिएसँगै महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सभास्थल पुग्नुअघि जम्मा भएका निकटस्थ केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लास्तरीय नेताहरूलाई आफू महासचिव पदको उम्मेदवार भएको स्पष्ट पारेका हुन्।

सभा सकिएलगतै लुम्बिनी र कर्णाली प्रदेशका नेताहरूको एक समूह अध्यक्ष ओलीलाई भेट्न समेत पुगेको थियो। उनीहरूले महासचिव पदका लागि पोखरेललाई नै सर्वसम्वत रूपमा अघि सार्न दबाब दिएर बुटवल फर्किएका छन्।

आफूप्रति अध्यक्ष ओलीसमेत सकारात्मक भएको संकेत गर्दै नेता पोखरेलले लुम्बिनी र कर्णाली प्रदेशबाट आफ्नो लागि एकमत भई दबाब बढाउन प्रदेशस्तरीय नेताहरूलाई सुझाएका छन्।

लुम्बिनी प्रदेशका एमाले केहीँ नेताहरूले पोखरेलको पक्षमा माहोल सिर्जना गर्न खेममान खड्का, बलराम अधिकारी, कुमार दसौदीलगायतका नेताहरू गुटगत भेलामा लागिसकेका छन्। उनी समर्थक नेता–पत्रकारहरूले सामाजिक सञ्जालको प्रचार–प्रसारलाई समेत तीव्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *