नेकपाले घोषणा गर्यो आन्दोलनका नयाँ कार्यक्रम

नेकपाले घोषणा गर्यो आन्दोलनका नयाँ कार्यक्रम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ ।बिहीबार सांझ विज्ञप्ति निकाल्दै नेकपा निकट जनवर्गीय संगठनहरुले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेको मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले आज एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

घोषित संघर्षका कार्यक्रमअनुसार मंसिर ३ गते नेपाल आयल निगममा ज्ञापन पत्र पेश गर्ने, मंसिर ५ गते उद्योग आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गर्ने र मंसिर ६ गते नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, नेकपाले आठौँ पार्टी पुनर्गठन दिवस उत्सवका रूपमा स्थानीय तहसम्म मनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार साँझ पार्टीका सम्पूर्ण तहलाई यस्तो निर्देशन जारी गरेको हो ।पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार आठौँ पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ६ देखि ८ गतेसम्म केन्द्रदेखि स्थानीय स्तर र घरघरसम्म विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

कार्यालयले बिहीबार साँझ दिएको जानकारी अनुसार मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली गरिनेछ भने ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप स् कविता, लोकगीत, वक्तृत्वकलालगायत कार्यक्रमहरू आयोजना गरिनेछ ।

त्यसैगरी मङ्सिर ८ गते बिहान चोकचोकमा पार्टीका झन्डा र पार्टी पुनर्गठन दिवसका ब्यानर टाँगिनेछ । त्यस दिन अबिर जात्रा, चियापान, र युवामार्च गरिनेछ ।मङ्सिर ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्नुका साथै उपहार आदानप्रदान गरी पार्टी पुनर्गठन दिवस मनाइनेछ ।

पार्टी पुनर्गठन दिवसको तीनदिने कार्यक्रम
१) मङ्सिर ६ गते देशभर मोटरसाइकल र्याली
२) मङ्सिर ७ गते खेलकुद, अतिरिक्त क्रियाकलाप (कविता, लोकगीत, वक्तृत्वकला इत्यादि) कार्यक्रमहरू गर्ने
३) मङ्सिर ८ गते बिहान झन्डा, ब्यानर टाँग्ने, अबिर जात्रा गर्ने, चियापान र युवामार्च गर्ने ।
– ८ गते साँझ बजार, चोक र घरघरमा दीप प्रज्वलन गर्ने र उपहार आदानप्रदान गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *