ओलिले यि नेतालाई बनाउँदै छन् महासचिब ?

ओलिले यि नेतालाई बनाउँदै छन् महासचिब ?

एमाले महासचिवको आकांक्षी कोहि नदेखिएकाले ओलीले रुचाएकै नेता महासचिव बन्ने पक्का छ।

नवौं महाधिवेशनमा निकै थोरै मतान्तरले महासचिवमा ईश्वर पोखरेलसँग पराजित भएका थिए सुरेन्द्र पाण्डे। संसद् विघटन गर्दा प्रचण्ड–माधव पक्षमा लागेर पाण्डेले ओलीको कडा आलोचना गरेका थिए। तर, संसद् पुनर्स्थापना भएपछि पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्छ, विभाजन गर्नु हुँदैन भनेर उनी एमालेमै रहे।

ओलीसँग १० बुँदे सहमति गरेर पार्टी बचाएको पाण्डेसहितका नेताहरुको तर्क हुन्छ।

विष्णु पौडेल र शंकर पोखरेल केपी ओलीसँग निकट नेता हुन्। त्यसैले अहिले दुवै नेता ओलीको उत्तराधिकारी बन्ने होडमा छन्। यद्यपि सभामुख हुँदा संसद् विघटनको विपक्षमा उभिएका सुुवास नेम्बाङ पनि ओलीकै उत्तराधिकारीका रुपमा उभिन खोजेका छन।

तर नेम्बाङले महासचिव पद खोजेका छैनन्। नेम्बाङले ओलीपछिको दोस्रो वा तेस्रो वरीयतामा रहने चाहना व्यक्त गरेको उनी निकट नेताहरू बताउँछन्। त्यसैले महासचिव बन्ने लबिङमा छन् विष्णु र शंकर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *