कस्तो अचम्म एकै मण्डपमा छोरी र बावु आमाले गरे धुमधाम विवाह

कस्तो अचम्म एकै मण्डपमा छोरी र बावु आमाले गरे धुमधाम विवाह

एजेन्सी । प्रत्येक देशमा विवाहको आ–आफ्नै किसिमको परम्परा छन् । पछिल्लो समयमा कोरोना कारण विवाह गर्ने तरिका परिर्वतन भएको छ ।

राँचीमा अनौठो वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । एकै मण्डपमा छोरी, आमा–बुबाले विवाह गरेका छन् । समाचार अनुसार छोरीका आमा बुबा २० वर्ष देखि विवाह नगरी सँगै बस्दै आएका थिए । छोरीको विवाहको दिनमा आमा–बाबु पनि विवाह बन्धनमा बाधिएका हुन् । यो आश्चर्य लाग्दो विवाहको चर्चा संसारभर भैरहेको छ ।

वास्तवमा रांचीको दीनदयाल नगरमा एक क्लबमा नयाँ परम्पराअनुसार २० वर्षदेखि ५१ वर्ष सम्म उमेरका लिव इन टुगेदरमा बस्दै आएका १२० जोडीहरुले एकै मण्डपमा विवाह गरेका हुन् ।विवाह समारोहमा पिता सुधेश्वर गोपले आमा परमी देवी र उनीहरुकी छोरी कलावती देवीले पति प्रतापसँग अलग–अलग फेरो लिएका हुन् । वैवाहिक कार्यक्रमपछि सुधेश्वरले गरिबीको कारण २० वर्ष देखि विवाह नगरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *