वकिलहरुमाथि देउवा सरकारले चलायो डण्डा, बारका अध्यक्ष घाइते

वकिलहरुमाथि देउवा सरकारले चलायो डण्डा, बारका अध्यक्ष घाइते

काठमाडौँ — सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच घम्साघम्सी भएको छ । प्रशासनले वकिलहरुमाथि बल प्रयोग गरेको हो । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् । वैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका छन् ।

अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । राणाबाट न्यायालय सुधार हुन नसक्ने, भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाल बारले उनको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुमाथि बिहीबार प्रहरीले लाठीचार्ज गरेको छ । जबराको राजीनामा माग गर्दै वकिलहरु आज पनि प्रर्दशनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका वकिहरु र प्रहरीबीच धेकलाधकेल हुँदा व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीको प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कन्द्रीय सदस्य प्रकाश महर्जन लगायत अन्य पनि घाइते भएका छन् ।

लाठीले लागेर घाइते भएका महर्जन एकछिन बेहोस भएका थिए । उनी पछि ब्युझिएका हुन् । लामो समयदेखि आन्दोलित भएका व्यवसायीहरु आज पनि सर्वोच्चको मुल गेट र वैकल्पिक गेटमा धर्ना दिने तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *