मधेश पुगेर महन्थ ठाकुर र राजेन्द्र महतोमाथि खनिए प्रचण्ड, लगाए यतिसम्मको आरोप

मधेश पुगेर महन्थ ठाकुर र राजेन्द्र महतोमाथि खनिए प्रचण्ड, लगाए यतिसम्मको आरोप

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौँ खर्च गरेर माओवादीलाई मधेसविरोधी घोषण गर्ने षड्यन्त्र गरिएको आरोप लगाएका छन् । बुधबार महोत्तरीको रामगोपालपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“एउटा निकै ठूलो षड्यन्त्र भयो यो देशमा । माओवादी पार्टी जसले संघीयताका लागि मधेसमा मधेस स्वायत्त प्रदेश बनाउने घोषणा सबैभन्दा पहिले गर्‍यो,” उनले भने, “मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएर मधेसी जनतालाई दोस्रो दर्जाको नागरिक मान्ने सामन्ती राज्यका विरुद्ध विद्रोहको झन्डा उठायो, त्यो पार्टीलाई करोडौँ होइन, अर्बौँ खर्च गरेर मधेसविरोधी घोषणा गर्ने षड्यन्त्र गरियो ।”

प्रचण्डले माओवादीले संघीयता छोड्यो भन्ने आरोप लगाएर महन्थ ठाकुर, राजेन्द्र महतोहरूलाई सिँगारपटार गरेर मधेसको नेता बनाइएको आरोप पनि लगाए ।

“माओवादीले संघीयता छोड्यो भनेर तथाकथित प्रचार गरियो । मधेसवादी पार्टी, मधेसी जनताको पार्टी भनेर महन्थ ठाकुर, राजेन्द्र महतोहरूजस्तालाई सिँगारपटार गरेर तपाईंहरूको अगाडि प्रस्तुत गरियो । हामी मधेसीका मित्र हौँ, माओवादी मधेसीको मित्र होइन भनियो,” उनले भने ।

आफूहरूले दुईपटक संविधान संशोधनको प्रस्ताव राखेको उनले सुनाए । त्यसले मधेसका जनतालाई माओवादी र प्रचण्ड थौरै भए पनि मधेसको पक्षमा रहेछन् भन्ने थाहा भएको उनको भनाइ छ ।

आफूले राखेको प्रस्ताव नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी शर्मा ओलीले पारित गर्न नदिएको जिकिर उनले गरे । उनले ओली र एमाले नै मधेसविरोधी भएको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *