सतर्क रहनु होला चितवनमा एकै घरका ४ जनालाई बगायो, एक जनाको श’व फेला यी क्षेत्रमा आज भीषण पानी पर्ने

सतर्क रहनु होला चितवनमा एकै घरका ४ जनालाई बगायो, एक जनाको श’व फेला यी क्षेत्रमा आज भीषण पानी पर्ने

तीन दिनदेखि लगातार परेको भारी वर्षाले चितवनका सातै पालिकाहरुमा ठूलो क्षति गरेको छ । राप्ती नगरपालिका वडा नं–१२ मा पहिरोले एकै घरका चार जनालाई बगाएको छ, जसमध्ये एक जनाको शव भेटिएको छ । रत्ननगरको पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । राजमार्गमा रहेको पक्की पुल नै बाढीले भत्काएको छ ।

खैरहनीमा रहेको बाबा ग्यास उद्योग नै डुबानमा परेको छ भने सिलिन्डर ग्यासहरु बाढीले बगाएको छ । भरपुर–११ र १२ नं वडाका सयौँ घरहरु डुबानमा परेका छन् । कालिका नगरपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ ।

इच्छाकामनामा ठाउँठाउँमा पहिरो खसेर कयौँ परिवारहरु विस्थापित भएका छन् । माडीमा रहेका सबै खहरे खोलाहरु बढेर स्थानीयमा त्रास फैलिएको छ । नारायणी नदी नबढेका कारण तत्काल नारायणी नदी तटीय क्षेत्रहरुमा जोखिम कम छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आगामी २४ घण्टा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। उक्त प्रदेशमा पहिरोको जोखिम तथा नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार बिहान मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *