विष्णु पौडेलको अर्को काण्ड बाहिरियो, ओलीले पनि जोगाउन नसक्ने

विष्णु पौडेलको अर्को काण्ड बाहिरियो, ओलीले पनि जोगाउन नसक्ने

काठमाडौ। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलको अर्को काण्ड बाहिरिएको छ। बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका पौडेल त्यही ठाउँमा अर्को जग्गा भएको पाइएको छ।

उनले सरकारलाई ८ आना फिर्ता गरेपछि बाँकी ६ आना सुटुक्क बेचेको भेसिटएको छ। सरकारी जग्गा लिएको आरोप लागेपछि छोरा नवीनको नामको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर चोखिएका पौडेलले ३–३ आनाका दुई कित्ता भने सुटुक्क बेचेको खुलेको हो।

उच्च जानकार स्रोतले बताएअनुसार नवीन पौडेलको नाममा रहेको ८ आना जग्गा सरकारलाई नै फिर्ता गरेर मुध्दा मामिलाबाट जोगिएको पौडेल परिवारले ललिता निवासभित्रकै अर्को दुई कित्ता जग्गा भने गोरखाकी नुतन श्रेष्ठलाई बेचेको हो।

पौडेलकी श्रीमतीको नाममा रहेको ३ आना र छोरा नवीन पौडेलको नाममा रहेको ३ आना जग्गा श्रेष्ठले किनेकी हुन्। गोरखा माइती भएकी नुतन अहिले देश बाहिर छिन् । उनकी बहिनी इन्दु सिंहले पौडेल परिवारको नाममा रहेको ६ आना जग्गा किन्दा दिदी फसेको गुनासो गरिन् ।

उक्त जग्गामा अहिले अढाई तले घरसमेत बनिसकेको छ। करोडौँ हालेर किनेको जग्गा विवादित भएपछि नुतन तनावमा छिन्। इन्दु सिंहले खुलेर कुरा गर्न चाहिनन् । ‘हेर्नुस्, कुरा बाहिर आउँदा हामीलाई नै अप्ठेरो पर्छ,त्यसैले धेरै कुरा नगरौँ ।

जग्गा मेरो पनि होइन दिदीको हो । दिदी अहिले बाहिर हुनुहुन्छ । म तपाईंसँग पछि कुरा गर्छु’,उनले भनिन्। पौडेलले भने जग्गा प्रकरणमा आफूसमेत फसेको बताउँदै आएका छन्।

यसअघि उनले उक्त जग्गा डा. शोभाकर ढकालबाट किनेको र सरकारी जग्गा भन्ने थाहा नपाएको बताएका थियो । तर, कतिपयले भने सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र पौडेलले उपहारस्वरूप जग्गा पाएको दाबी गरेका छन् ।

ढकाल लामो समयदेखि राणा र शाहहरुका विवादमा परेका जग्गा आफ्नो नाममा ल्याएर बेच्ने काममा सक्रिय छन् । त्यसैक्रममा ललितानिवासको सरकारी जग्गामा आँखा लगाएका ढकालले कानुनी पाटो हेर्दिएवापत न्यायाधीश रेग्मीलाई ८ आना र राजनीतिक नेतृत्वलाई मनाएवापत पौडेलका छोराको नाममा १४ आना जग्गा पास गरिदिएको बताइन्छ ।

यसअघि जग्गा छानविन गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले पौडेलका छोरा नविनको नाममा ८ आना जग्गा भेटिएको बताएको थियो ।

तर, विभिन्न व्यक्तिको नाममा जग्गा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले पूर्व उपप्रधानमन्त्री विजय गच्छेदार, पूर्वमन्त्रीहरु,सरकारका सचिवलगायत १७५ जनाविरुद्ध मुद्दा दर्ता गर्दा नविनले भने उन्मुक्ति पाएका थिए। त्यतिबेला अख्तियारले सरकारलाई जग्गा फिर्ता गर्न नविन राजी भएको भन्दै मुद्दा दायर गर्नु आवश्यक नभएको जनाएको थियो।

ललिता निवास क्याम्पभित्र पर्ने सरकारी जग्गा आफ्नो नाममा कायम राखेका हालका जग्गाधनीहरुमध्ये कुमार रेग्मी र नवीन पौडेलउपर समेत जग्गा जफतको मागदाबी गर्नुपर्नेमा निजहरुले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा पेश गरेको निवेदनमा आफ्नो नाममा कायम रहेका जग्गाहरु नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले जग्गा जफतको मागदावी लिनका लागि प्रतिवादी बनाउन आवश्यक नदेखिएको अख्तियारको भनाइ थियो ।

यस सम्बन्धमा सम्पर्कमा आएकी इन्दु सिंहले खुलेर कुरा गर्न चाहिनन्। हेर्नुस्, कुरा बाहिर आउँदा हामीलाई नै अप्ठेरो पर्छ, त्यसैले धेरै कुरा नगरौँ। जग्गा मेरो पनि होइन दिदीको हो। दिदी अहिले बाहिर हुनुहुन्छ। म तपाईंसँग पछि कुरा गर्छु’,उनले भनिन्।

देउवा सरकारले यो विषय चर्को रुपमा उठाए विष्णु पौडेलमाथि पनि मुद्धा चल्लने सम्भावना छ। उनमाथि यो मुद्धा चलेको खण्डमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि बचाउन सक्ने छैनन्।

यसैगरि, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताएका छन्।आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताए। उनले भने, राज्यका प्रमुख अङ्गले आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ।

यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उनको भनाइ थियो। प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उहाँले कुनै छलफल नभएको बताए। उनले भने, “हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताए। अहिले गम्भीर परिस्थिति रहेको भन्दै उहाँले भन्नुभयो, “परिस्थिति गम्भीर छ। जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ।

नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताए। एमालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उहाँको भनाइ थियो।

आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पारे। उनले भने, “सांसदका रुपमा अन्तिमपटक निर्वाचन लड्नसक्छु। चितवन छाड्दिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *