अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीशहरुबीच भयो यस्तो बोल्ड सहमति, वकिलहरु हेरेको हेरेयै !

अन्ततः प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीशहरुबीच भयो यस्तो बोल्ड सहमति, वकिलहरु हेरेको हेरेयै !

सर्बोच्चको गतिरोध अन्त्य हुने संकेत देखिएको छ । न्यायाधीशहरूबीच फुलकोर्ट बैठक बोलाउने सहमति भएको छ ।बुधबार बसेको न्यायाधीशहरूको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बैठक बोलाउने निर्णय गरेका हुन् ।

नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरूबीच बुधवार सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक न्यायाधीशले जनाएका छन् ।

सामूहिक छलफलमा रहेका न्यायाधीशका अनुसार बुधवार बसेको १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरूमा सहमति जुटेको छ । जसमा इजलास तोक्न गोलाप्रथा लागू गर्ने लगायतका विषय छन् ।

नयाँ सहमतिसँगै १४ न्यायाधीशहरुले मुख्य रजिस्ट्रारलाई आज बिहीवारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका बताइएको छ । रजिस्ट्रारले प्रधानन्यायाधीश जबरालाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरूले नियमावली संशोधनसम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताएका छन् ।

उनीहरूले गोलाबाट पेशी तोकेर इजलास सुरू गरे पनि प्रधानन्यायाधीश जबरासँग इजलास शेयर नगर्ने सहमति गरेका छन् ।

बुधबारको न्यायाधीशहरूको बैठकमा नियमित इजलासमा गएका न्यायाधीश सहभागी भएका थिएनन् । कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका न्यायाधीशहरू अब गोलाबाट पेशी तोकिएपछि इजलासमा फर्किने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *