ओलीलाई सर्वसम्मत बनाउन लागे रावल समुहकै यी नेता, १० भाई मध्यका यी ८ नेता फर्किए ओलितिरै !

ओलीलाई सर्वसम्मत बनाउन लागे रावल समुहकै यी नेता, १० भाई मध्यका यी ८ नेता फर्किए ओलितिरै !

काठमाडौं – नेकपा एमालेको महाधिवेशनमा भिम रावल र घनश्याम भुसालले अध्यक्षपदमा चुनाव लड्ने तयारी गरिरहेका बेला उनकै समूहबाट बिरोध हुन थालेको छ। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको महाधिवेशनमा प्यानलगत चुनाव नहुने भन्दै घुमाउरो तरिकाले बिरोध गरेकी हुन्ब

अघिल्लो महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा जाँदा पार्टीलाई ठूलो नोक्सान पुगेको उनको भनाइ छ । “हामी हिजो प्यानलगत चुनावमा गयौँ । अत्यन्तै दुःखलाग्दो स्थिति बन्यो । प्यानलगत चुनाव नगरौँ, नगरौँ भन्दा पनि हामी गयौँ । धैर्यता राख्न सकेनौँ,” उनले भनिन् “त्यसले पार्टीलाई ठूलो नोक्सान पुर्‍यायो ।

अब प्यानलगत चुनाव कुनै पनि हालतमा हुँदैन । सर्वसम्मत समहमतिका साथ नेतृत्व चयन हुन्छ । साक्यको यो भनाईले रावल र भुसाललाई झन् चुनौती थपिएको छ। उता योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगाएतका नेताहरु ओली क्याममा लागिसकेको अवस्था छ यदि यो अवस्थामा रावल वा भुसाल जो उठेपनि बिजोग हुने निश्चित बनिसकेको छ। यसै पनि एमालेमा यिनीहरु कम्जोर छ।

रघुजी पन्तलाई ओलीले दिए यस्तो पद

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका आलोचकमध्ये एक नेता थिए, स्थायी समिति सदस्य रघुजी पन्त। तर, एमाले विभाजन हुँदा उनले माधव नेपाललाई साथ दिएनन्, १० भाइमध्येका एक पन्तले एमालेमै रहने निर्णय गरे।

२०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा पन्त माधव नेपाल समूहबाट पन्तले उपमहासचिव पदमा प्रतिस्पर्धा गरेका थिए। तर, पराजित भए। एमाले विभाजनअघिसम्म अध्यक्ष ओलीको प्रखर आलोचक रहेका पन्तले यस पटक उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन्। यसै विषयमा छलफल गर्न उनले अघिल्लो हप्ता एमाले अध्यक्ष ओलीसँग छलफल नै गरे।

ओलीले दिएको जवाफबाट उनी उत्साहित छन्। पन्तका भनाइमा, उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने योजना सुनाउँदा ओलीले पन्तलाई सकरात्मक जवाफ दिए। ‘मैले केहीदिन अघि अध्यक्ष कमरेडलाई भेटेरै उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको जानकारी दिएँ,’ पन्तले भने, ‘तपाईँ अध्यक्ष भएको हुनाले तपाईलाई जानकारी दिएको हुँ, मेरो उपाध्यक्षमा उठ्ने इच्छा छ।’

उपाध्यक्ष पदका लागि आफू योग्य रहेको दावीपनि ओलीसँग पेश गरेका थिए। पन्तका भनाइमा, उपाध्यक्ष पदका लागि आफू योग्य रहेको बताएपछि त्यसमा ओलीले सहमति जनाएका थिए।

‘हो, तपाईँले उपाध्यक्ष पद डिजर्भ गर्नुहुन्छ’, ओलीको भनाई उद्धृत गर्दै पन्तले सुनाए। तर, ओलीले ‘उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुस्, सकेको सहयोग गर्छु’ चाहिँ भनेनन्। तैपनि, ओलीले सकरात्मक जवाफ दिएपछि पन्त उत्साहित भएका छन्। र, महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धाका लागि दृढ देखिएका छन्।

पन्त यसअघि २०७१ साल असार तेस्रो हप्ता भएको नवौं महाधिवेशनमा उपमहासचिव पदमा ९ सय ६९ मत ल्याएर पराजित भएका थिए। सो पदमा घनश्याम भुषाल र विष्णु पौडेलले बाजी मारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *