वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के, दिए यस्तो कडा निर्देशन

वैदेशिक रोजगार कार्यालयमा श्रममन्त्री श्रेष्ठको छड्के, दिए यस्तो कडा निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् ।

बुधबार आकस्मिक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुगेका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिए । उनले भने, ‘गुनासो आएको आयै छ । त्यो गुनासो सम्बोधन हुने गरेर काम गर्नुहोस् ।’

यस्तै, दुई जना कर्मचारीले हुने काममा ५ जनाको हुल बाँधेर नबस्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् भने दिनमा १५ सय जनालाई सेवा दिने गरी अगाडि बढ्न समेत उनले निर्देशन दिए । यसैगरी, श्रम स्वीकृति लिन आउने महिला र पुरुष कामदारलाई छुट्टाछुट्टै लाइनमा राख्न समेत श्रेष्ठले निर्देशन दिए ।

मन्त्री श्रेष्ठले गुनासो सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिइरहँदा कार्यालयका कर्मचारी भने गुनासो सँधै आइरहने बताउँदै थिए ।

मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुसानो गरेका थिए । टोकन दिन दुई दिनसम्म पनि धाउदा नपाएको गुनासो उनीहरुको छ ।

अनुगमनपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहमा सुधारका काम नभए कारवाही गर्ने चेतावनीसमेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *