एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा भीम रावल पक्षको ‘विद्रोह’, बोलाइयो छुट्टै भेला

कैलाली क्षेत्र नम्बर २ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा दुई पक्षबीच विवाद भएको छ। अध्यक्ष केपी शर्मा ओलीको पक्षले महाधिवेशन प्रतिनिधि चयन भइसकेको भने पनि रावल पक्षले यस्तो भ्रममा नपर्न भन्दै आज छुट्टै भेला राख्न लागेका हुन्।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले सार्वजनिक सूचना जारी गर्दै महाविधेशन प्रतिनिधि चयनका लागि आज बुधबार १० बजे भेला हुन आह्वान गरेका हुन्।

बजगाईँले महाधिवेशन प्रतिनिधि छनोट भइसकेको भन्ने भ्रममा नपर्न अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमा सूचना लेखेका छन्, ‘मंसिर १०/१२ गतेसम्म चितवनमा हुन गइरहेको दसौं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नं २ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनोट गर्न देहायको मिति,

समय र स्थानमा कैलाली क्षेत्र नं २ का सम्पूर्ण संगठित सदस्यको भेला आयोजना गरी छनोट गर्नुपर्ने भएकाले यस क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पूर्ण संगठित सदस्य कमरेडले यसै सूचनालाई आधार मानी उपस्थित भइदिनहुन हार्दिक अनुरोध गर्दछु।’

कैलालीको लम्कीस्थित टिकापुर रोडमा रहेको एक होटलमा रावल पक्षले भेला राख्न लागेकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *