प्रधानन्यायाधीशको पक्षमा खुलेरै बोले ओली, हटाउन खोज्ने सरकारलाई दिए यस्तो प्रतिक्रिया !

प्रधानन्यायाधीशको पक्षमा खुलेरै बोले ओली, हटाउन खोज्ने सरकारलाई दिए यस्तो प्रतिक्रिया !

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत अगाडि लाठ्ठी चार्ज र हानाहान भइरहेको भन्दै त्यसप्रति आलोचना गरेका छन् । धनकुटामा आज आयोजित कार्यक्रममा उनले केही वकिलहरुको दादागिरी चलेको टिप्पणी गरे ।

जनताका समस्या हुँदाहुँदै न्यायाधीशहरु मुद्दा नहेरी आफ्नो स्वार्थमा लागेको उनको आरोप छ । एमाले अलिकति कमजोर भयो भने कस्तो हुँदोरहेछ देख्नुभो नि ? पाँच दलको गठबन्धनको कानुनी क्षेत्रको मारामार, कहिले लात्ति हानाहान, कहिले बन्द हड्ताल ।

अहिले सर्वोच्च अदालतका अगाडि लाठी चार्ज तथा मारामार, हानाहान, को–कोहोलो के गर्या हो त्यो रु अदालत हो कि। उनले भने “जनताका समस्या त्यतिकै छन्, न्यायाधीश मुद्दा हेर्दैनन् । जनताको मुद्दा हेर्दैनन् । आ–आफ्ना स्वार्थको दाउपेच । केही वकिलहरुको दादागिरी चलेको छ । हामीले जे भन्यो त्यही हुनुपर्छ ।

इजलास फर्कन तयार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै आएका न्यायाधीशमध्ये पाँचजना नियमित काममा फर्किन तयार भएका छन् ।स्रोतले दिएको जानकारीअनुसार ती पाँचजना न्यायाधीश न्यायाधीश र बारका प्रतिनिधिबीच भएको छलफलमा पनि सहभागी भएका छैनन् ।

न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल सामूहिक छलफलमा छैनन् । उनीहरु मंगलबारदेखि नियमित काममा फर्किने तयारीमा रहेको स्रोतले जानकारी दियो ।आफूहरु इजलासमा नबस्दा जनतालाई समस्या परेको भन्दै मंगलबारदेखि इजलासमा फर्किने तयारीमा रहेको स्रोतलेृ जानकारी दियो ।

यस्तो भन्छन पूर्व न्यायाधीशहरु
पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ । आज पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिका जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा उपर न्यायधीशहरुको आचारसंहिता उल्लघंन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख भएका १५ बुँदे आधारमा महाभियोग लगाउनका लागि पर्याप्त आधार भएको फोरमले जनाएको छ ।

सरकार, राजनीतिक दल, सांसदहरु लगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशिल नागरिक समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं,” प्रेस विज्ञप्तिमा भनिएको छ । फोरमले आज पत्रकार सम्मेलन गर्दैै प्रधानन्याधीशले वार्ताका लागि जारी गरेको विज्ञप्ति भ्रष्टार लुकाउन गरेको दुष्प्रयास भएको आरोप समेत लगाएको छ ।

आज मिति २०७८र७र२९ गते प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ती न्यायका बिचलन तथा भ्रष्टचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन,” फोरमले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *