प्रधानन्यायाधीश जबराको राजीनामा !

प्रधानन्यायाधीश जबराको राजीनामा !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा संकटको भूमरीमा फसेका छन् । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेसँगै उनलाई राजिनामाको विकल्प प्रयोग गर्न दबाब आएको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको बारका उपाध्यक्ष रक्षा बस्यालको भनाई छ ।

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारले जनाएको छ ।

कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला प्रधानन्यायाधीश राणाले विज्ञप्ति जारी गर्दै आफुविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आव्हान गरेका थिए । राणाको विज्ञप्ति आएपछि कानुन व्यवसायीहरुले राणाको प्रस्तावमा विश्वास गर्न नसकिने जवाफ दिएको हो ।

हामिले ‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ, आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *