अत्यन्तै दुःखद खबर, सवारी दु’र्घटनामा १४ जनाको मृ’त्यु

अत्यन्तै दुःखद खबर, सवारी दु’र्घटनामा १४ जनाको मृ’त्यु

काठमाडौं । रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।रौतहट, यमुनामाई गाउँपालिका-५ झुनखुन्वा चोकस्थित सडकमा यूके बाह्र सी २९०० नम्बरको कार अनियन्त्रित भई पल्टिएर शनिबार राति दुर्घटना हुँदा कारमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी रौतहट, गौर नगरपालिका-८ हनुमान चोकमा प्र.२-०३-००१ ह-४२५ नम्बरको ई-रिक्साबाट खसेर राजदेवी नगरपालिका-६ कडवाना टोल बस्ने ६० वर्षीया रमिला देवीको शनिबार साँझ मृत्यु भएको छ । उक्त रिक्साबाट खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बारा, कोल्हबी नगरपालिका-१ बटौलिया चोकमा ना.४२ प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिएर शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कोल्हबी नगरपालिका-१ बस्ने २० वर्षीय सागर चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय सुशिल चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका १ जनाको न्यूरो अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *