चुनावमा गठबन्धन नगर्ने देउवाको घोषणा, अब के गर्लान् माधव प्रचण्ड ?

चुनावमा गठबन्धन नगर्ने देउवाको घोषणा, अब के गर्लान् माधव प्रचण्ड ?

काठमाडौं – नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन्।आगामी चुनावमा गठबन्धन नहुने भन्दै उनले आफूहरु एक्लै लड्ने बताए । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो भनेका हुन् ।

चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत उनले बताए। प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पारे।

देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिएका हुन्।

गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो। जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए।बैठकमा देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *