देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काए पछि निलोकालो भएर चुप लागे गगन थापा

देउवाले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर थर्काए पछि निलोकालो भएर चुप लागे गगन थापा

नेपाली काग्रेस केन्द्रिय समितीको बैठकमा नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र युवा नेता गगन थापा विच नोकझोक चलेको छ ।सर्वोच्च अदालतको जारी विवादका विषयमा नेपाली काग्रेसले बोल्नु पर्छ भन्दै गगन थापाले कुरा झिके पनि देउवाले तत्काल एक्सन लिएका थिए, तपाई चुप लाग्नुस् भन्दै देउवाले बोल्नै नदिएको बताइएको छ ।

न्यायालयको विषयमा बाहिर बाट हस्तक्षेप गर्न मिल्दैन तपाई बढि जान्ने नहुनुस् स्वतन्त्र न्यायापालिकाका विषयमा सरकार र नेपाली काग्रेस प्रतिवद्ध रहेको भन्दै देउवाले स्वतन्त्र न्यायपालिका माथी हस्तक्षेप नगर्ने प्रष्ट पारेका थिए ।

बोल्न खोज्दा प्रधानमन्त्री समेत रहेका काग्रेस सभापती देउवाले विचमै रोके पछि गगन थापा निलोकालो भएर चुप लागेर बसेका थिए । देउवा गगन सँग झोक्किएको देखेका केन्द्रिय सदस्यहरु कोहि पनि बोल्न सकेनन् सबै मुखामुख गरेर चुप बसेका थिए ।

गगनले न्यायालयमा देखिएको विवादका विषयमा पार्टीले बोल्नुपर्छ भनेर आफ्नो भनाइ राख्नुभो। तर, सभापतिजीले उहाँलाई बोल्नबाट रोक्नुभयोु, बैठकमा सहभागी एक नेताले भने।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै न्यायक्षेत्र आन्दोलित छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका छन् भने कानुन व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्।

तर, न्यायालयमा देखिएको विवादबारे कुनै पनि दलले औपचारिक रूपमा बोलेका छैनन्। कांग्रेस सत्ताको नेतृत्वकर्ता दल भएकाले यसमा बोल्नुपर्ने भन्दै थापाले आवाज उठाएपछि सभापति देउवाले उनलाई रोकेको बैठकमा सहभागी ती नेताले बताए।

सम्मानित अदालतमा भइरहेको समस्या चर्कियो भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल समाधान नगर्ने हो भने महाधिवेशनसम्म अवस्था विथोलिन्छ। चुप लाग्न मिल्दैनु, बैठकमा थापाले भने, यसमा गम्भीर हुनुपर्छ। सभापतिको ध्यान जानुपर्छ। यसमा पार्टीले बोल्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *