बाबुराम पार्टी अध्यक्ष , प्रचण्ड पूरै कार्यकाल प्रधनमन्त्री हुने गरि माओवादी एकता गर्ने सम्झौता !

बाबुराम पार्टी अध्यक्ष , प्रचण्ड पूरै कार्यकाल प्रधनमन्त्री हुने गरि माओवादी एकता गर्ने सम्झौता !

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । त्यसका लागि गृहकार्य भइरहेको श्रोतले जनाएको छ ।

पार्टी एकता भए जनयुद्धका मुख्य योजनाकार पुष्पकमल दाहाल (प्रचण्ड) र बाबुराम भट्टराई एउटै पार्टिमा रहने सभांबना बढेको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएपछि यसको सम्भावना झन बढेको हो ।

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताए ।

तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उनले बताए ।

आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उनले बताए ।सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका थिए ।

क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दाबी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गरे । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिए ।

पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताए ।अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उनले बताए । प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *