गोर्खा पुगेर बाबुरामले दिएको यो अभिब्यक्तिले देशै तरङ्गित !

गोर्खा पुगेर बाबुरामले दिएको यो अभिब्यक्तिले देशै तरङ्गित !

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गृहजिल्ला गोरखा पुगेर गोरखाको उत्तरी क्षेत्रलाई अर्कै जिल्ला बनाउन अभियान चलाउन स्थानीयलाई आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले संविधानले नै विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर उल्लेख गरेकाले यो सम्भव रहेको पनि बताए ।

उनी पछिल्लो केही दिनयता गृह जिल्ला गोरखाको भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा स्थानीयसँग छलफल तथा भेटघाट गरिरहेका छन् ।

स्थानीयसँग उनले भने, ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ । संविधानमा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ । अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ । जनताले बुझ्ने भनेको जिल्ला हो।’

उनले आफ्नो सक्दा आफ्नो हातमा नभएसम्म र जनप्रतिनिधि आफैंले नचुनेसम्म जति चिच्याएपनि बिकास हुन नसक्ने जिकिर गरे ।

भट्टराई गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंदसमेत हुन् । उनले उत्तरी भेगका धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउन सकिने बताए । यसका लागि अन्य दलहरुले पनि साथ दिनुपर्नेमा हुन् जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *