किन आउँदै छन् अमेरिकी सहायक विदेश मन्त्री नेपालमा ?

किन आउँदै छन् अमेरिकी सहायक विदेश मन्त्री नेपालमा ?

दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउने भएका छन्।अमेरिकी विदेश मन्त्रालयका अनुसार कात्तिक २९ मा माल्दिभ्सको राजधानी माले पुग्ने लु त्यहाँबाट काठमाडौं आउने लागेका छन्।

उनी मंसिर १ गते काठमाडौं पुग्ने कार्यतालिका छ। काठमाडौंमा रहँदा सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरूसँग भेटघाट गर्नेछन्।

अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि काठमाडौं आउन लागेका लु उच्च कूटनीतिक अधिकारी हुन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने कि नगर्ने भन्नेबारे राजनीतिक वृत्तमा विवाद छ।

संसदबाट अनुमोदन गर्नुपर्ने एमसिसी पास हुन ढिलाइ भइरहेका बेला हुन लागेको अमेरिकी सहायक विदेश मन्त्रीको भ्रमणलाई चासोका साथ हेरिएको छ।

यसअघि प्रधानमन्त्री देउवाले स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ का क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *