उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउन बाबुरामको माग !

उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउन बाबुरामको माग !

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्नेमाग गरेका छन् ।

संगठन सुदृढिकरण तथा जनभेटघाट सुज अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ।

‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ,’ उनले भने, ‘अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ।’ गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे ।

‘आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चिच्याएर पनि पाउनुहुन्न,’ उनले भने ।

कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा मुद्दा बनाएर अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *