एमालेले प्रधानन्यायाधीश जबराको राजीनामा नमाग्ने

एमालेले प्रधानन्यायाधीश जबराको राजीनामा नमाग्ने

पूर्व गृहमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली खगराज अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने, ‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन् ।

न्याधीशहरूले राजनिती गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन् । वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको ,परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरूलाई विश्वास लाग्छ सरकार त उल्टो दिशामा हिँडिरहेको छ भनि टिप्पणी गरेका छन् ।

उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि स्पष्ट पारे । उनले भने, ‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र अध्यक्षमात्रै होईन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहोर्याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’

उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए । उनले भने, ‘जहाँसम्म हाम्रो पार्टीको महाधिवेशनको कुरा छ, यसले देशको ध्यानाकार्षण गरेको छ । एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिक करणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ ।

मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो विधान महधिवेशन पनि सर्वसम्मत गर्यौं । अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन् । समाजवादको निर्माण कसरी गर्ने भन्नेमा हामी लागेका छौं । राष्ट्रिय स्वाधिनतालाई उचाइमा पु¥याउनुपर्छ । अहिले समाजवादको पूर्वाधार बनाउने बेला हो ।’ भनेर भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *