प्रचण्डले महरा र सापकोटालाई एकाएक किन गरे जिम्मेवारीबाटै बर्खास्त ?

प्रचण्डले महरा र सापकोटालाई एकाएक किन गरे जिम्मेवारीबाटै बर्खास्त ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महरा र सापकोटालाई बर्खास्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयबाट दुई सदस्यहरुलाई हटाइएको छ ।

सदस्यद्वय जोगबहादुर महरा र बिष्णु सापकोटा ‘जुगल’लाई सचिवालयको जिम्मेवारीबाट हटाइएको अध्यक्ष प्रचण्डले स्थायी समिति बैठकमा जानकारी गराएका हुन् ।

सचिवालयबाट जिम्मेवारीमुक्त गरिएको महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ भने सापकोटालाई प्रेस सेन्टरको जिम्मेवारी दिइएको छ ।

सचिवालयम कस्लाई राख्ने भन्नेबारेमा छलफल भइरहेको पनि बताइएको छ । हाल अध्यक्ष प्रचण्डको सचिवालयमा स्वकीय सचिवका रुपमा छोरी गंगा दाहाल रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *