ओलीको एमालेमाथि बज्रपात, एमालेबाट चुनाव जितेका यी चर्चित नेता तत्काल माधवको ‘एस’ मा हुईकिदैछन् !

ओलीको एमालेमाथि बज्रपात, एमालेबाट चुनाव जितेका यी चर्चित नेता तत्काल माधवको ‘एस’ मा हुईकिदैछन् !

एमालेबाट चुनाव जितेका चर्चित नेता माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्न लागेको खबर छ । नेकपा एमालेबाट चुनाव जितेका इटहरी उपमहानगपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपाल नेतृत्वको नेकपा एससँग नजिकिएका छन ।

एक स्रोतका अनुसार उनी एमाले छाडेर माधब नेपाल संयोजक रहेको नेकपा एकिकृत समाजवादीमा आउने तयारीमा समेत जुटेका छन् ।

एक दिन अगाडि नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेको तस्बिर र भिडियो पोस्ट गरेका चौधरीले आज माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै स्वागत गरेका छन् ।

नेकपा एस इटहरी नगर कमिटीको फेसबुक अकाउन्टबाट मेयर चौधरी र इटहरी९ ४ का अध्यक्ष चन्द्र भट्टराईको टोली नेकपा एसमा प्रवेश गर्ने लेखिएको छ ।

नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले प्रवेशका बारेमा औपचारिक निर्णय भने नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *