वामदेव गौतम माओवादी केन्द्रमा प्रवेश गर्न लागेको आशंका

वामदेव गौतम माओवादी केन्द्रमा प्रवेश गर्न लागेको आशंका

काठमाण्डौँ, २५ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले आफ्ना पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा माओवादी केन्द्रमा प्रवेश गर्न लागेको आशंका गरेका छन्।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य गौतमले बुधबार अमेरिकालाई अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लान आग्रह गर्दै विज्ञप्ति निकालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय थापाले गौतमलाई माओवादी केन्द्रमा जान लागेको आरोप लगाएका हुन्।

एमाले अध्यक्ष ओलीसँगको झगडापछि माधव नेपालले अलग्गै पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेपछि वामदेव गौतमले एमाले परित्याग घोषणा गरेका थिए। अहिले उनी औपचारिक रूपमा कुनै पार्टीमा आबद्ध छैनन्।

‘बिना हैसियत फिर्ता लिन यसरी वक्तव्य दिनु माओवादी प्रवेशको बहानाबाजी त होइन’, थापाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘लाहुरेभन्दा गुन्टाअघि भनेको यस्तै होला!’

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी फिर्ता लान अमेरिकालाई आग्रह गरेका थिए ।

एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतमले बुधबार विज्ञप्ति जारी गरी एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न अमेरिकी सरकारसँग अनुरोध गरेका हुन्। नेपाल खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *