आफैँले भनेको त्यो बोलि नै महङ्गो पर्यो मन्त्री किसान श्रेष्ठलाई !

आफैँले भनेको त्यो बोलि नै महङ्गो पर्यो मन्त्री किसान श्रेष्ठलाई !

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान ले आफूले दिएको अभिव्यक्तिको आत्मआलोचना गरेका छन्।

गत सोमबार उनले मधेश केन्द्रीत दलप्रति आपत्तीजनक शब्दावली प्रयोग गरेका थिए।

‘दुई तिहाइको सरकार छाडेर देशै टुक्य्राऔं भन्ने मधेसीहरूलाई १२र१४ जना मन्त्री बनायो,’ मन्त्री श्रेष्ठले भनेका थिए।

उनको उक्त अभिव्यक्तिको तीव्र आलोचना भएपछि मन्त्री श्रेष्ठले आत्मआलोचना गरेका हुन्।

‘तनहुँमा गत सोमबार आयोजित कार्यक्रममा मैले दिएको अभिव्यक्तिबारे आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ। मधेशी समुदाय र कुनै राजनीतिक दलको मर्यादामा आँच पुर्‍याउने मेरो कुनै मनसाय नरहेको स्पष्ट पार्न चाहन्छु,’ मन्त्री श्रेष्ठले भनेका छन्

,‘मेरो भाषणमा असंवैधानिक प्रतिनिधि सभा विघटनको जगमा निरंकुश सत्ता चलाउने पूर्ववर्ती सरकारको प्रवृति र प्रतिनिधि सभा विघटनपछि काम चलाउ हैसियतमा पुगेका बेला अमुक पार्टीको एउटा पक्षबाट ११ जनालाई मन्त्री बनाइएको कुरा स्मरणमात्र गरिएको हो।

मैले प्रयोग गरेका शब्दका कारण कोही कसैको भावनामाथि चोट पुगेको भए म त्यसप्रति आत्मआलोचित छु। मधेशीसहित देशका सबै जाति र समुदायप्रति मेरो उच्च सम्मान रहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *