माधव नेपालले नेपाललाई नचिनेर भने-‘यो नेपाल नै हो ?’

माधव नेपालले नेपाललाई नचिनेर भने-‘यो नेपाल नै हो ?’

धनगढी । पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले देशको भुगोल बिर्सेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर विमानस्थलमा हेलिकप्टरबाट अवतरण गर्दै गर्दा उनले सो बिर्सेको कुरा सोधेका हुन् ।

नेपालले स्वागत तथा सहजिकरणका लागि खटिएका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अरुण बमलाई सोधेका छन् , नेपाल नै हो यो ? सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा हेर्न सकिन्छ, नेता नेपालले चौलानी नदी तर्फ हेर्दै भने, यो कुन नदी हो ?

नेकपा एकिकृत समाजवादी दार्चुला जिल्लाको प्रथम जिल्ला भेलाका लागि गोकुलेश्वर पुगेका नेता नेपालको साथमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले लगायत अन्य नेताहरु पनि सहभागी थिए ।

लामो समय राजनितिमा होमिएका नेताले आफ्नो भुगोल बिर्सिएकोमा स्थानियहरु चिन्तित छन् । संगठन बिस्तार गर्नका लागि मात्र आसेपासे बोकेर कुना कुन्दरामा कुद्ने प्रबृत्ति रहेको स्थानीयको आरोप छ । नेता नेपालले आफ्नो देशको भुगोल बिर्सिएकोमा देशभरका सबै आक्रोशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *