सरकारले जनतामाथि खसाल्यो पेट्रोल बम, अब एक सिलिण्डरको मूल्य कति पर्छ ?

सरकारले जनतामाथि खसाल्यो पेट्रोल बम, अब एक सिलिण्डरको मूल्य कति पर्छ ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं तिहार सम्पन्न भए लगत्तै सरकारले पेट्रोल बम खसालेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको हो ।

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढेको जानकारी दिएको छ ।

पेट्रोलको नयाँ मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ । अर्कोतिर डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पर्नेछ । पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबीबीच मूल्य बढेको हो ।

हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । यता, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ । योसँगै एक सिलिण्डरको मूल्य १५७५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *