एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा !

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा !

नेकपा एमालेको दशौँ महाधिवेशनमा उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । रावलले अध्यक्षमा उमेद्वारी दिने घोषणा गरेका हुन् । आज आफ्नै गृहजिल्ला अछामबाट रावलको यस्तो घोषणा आएको हो ।

नेता रावलले आफ्नो हार-जीत जे भए पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । कार्यकर्ताले आफूलाई अध्यक्षमा उमेद्वारी दिन धेरै गरेपछि आफूले यस्तो निर्णय लिन बाध्य भएको उनको भनाइ छ ।

आफू हारको डरले पनि पछि नहट्ने नेता रावलले बताए । यो सँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा धक्का लागेको छ ।

उनले भने’ ‘धेरैले मलाई प्रश्न गर्छन् अबको महाधिवेशनमा तपाईंको उम्मेद्वारी केमा भनेर अनि धेरैको सुझाव अध्यक्षमा लड्नु पर्यो भन्ने छ। त्यसैले हार्ने डरले म पछि हट्दिनँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *