पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय सुनाएपछि झस्कियो नेपालको न्यायालय !

पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय सुनाएपछि झस्कियो नेपालको न्यायालय !

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई एघार वर्षको जेल सजाय भएको छ । बङ्गलादेशका राजधानी ढाकामा रहेको एक विशेष अदालतले एघार वर्षको जेल सजाय सुनाएको छ ।

ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पूर्वप्रधानन्यायाधीश सिन्हालाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ ।

ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले यो फैसला सुनाएका हुन ।

पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स बैंक भनिने अहिले पद्मा नाम रहेको बैंकबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ ।

त्यो रकम सिन्हाको बैंक खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *